हुलाकी राजमार्ग  २ लेन सडक स्तरोन्नती निमार्ण कार्य शुरु

Yugnepal     1024 पटक पढिएको    

हुलाकी राजमार्ग  २ लेन सडक स्तरोन्नती  निमार्ण  कार्य शुरु


  धनगढी, शत्ती हुलाकी सडक खण्डको ६२ किलोमिटर मध्य ४४ किलोमिटर सडक स्तरोन्नती गरेर दुई लेनको बनाउने कार्य शुरु भएको छ । 
बसन्ता कोरिडोर बाहेकको क्षेत्रमा दुई लेनको सडक निर्माण गर्ने कार्य साउन १ गतेदेखि नै सुरु भैसकेको हुलाकी सडक कार्यालय धनगढीले जनाएको छ ।  
    सडकलाई ४ खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड क्याम्पसरोडदेखि कनरी ७ किलोमिटर, दोश्रो खण्ड कनरीदेखि फुलवारी १२ किलोमिटर, तेश्रो खण्ड फुलबारीदेखि कटौनी ७ किलोमिटर र चौथो खण्ड कान्द्रदेखि शत्ती १३ किलोमीटरमा दुइृ लेन निर्माण हुने हुलाकी सडक कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए ।      उनका अनुसार पहिलो खण्ड अन्तरगत बन्ने क्याम्पसरोड उर्मा सडक खण्ड मध्य पनि क्याम्पसरोडदेखि मनेहरा ९कालिका मन्दिर सम्म० सम्म तीन किलोमिटर सडक तीन लेन र बाँकी ४ किलोमिटर सडक दुई लेनको बन्नेछ । जसको लागत ३७ करोड रहेको छ । 
     यसैगरी सडकको दोश्रो खण्ड कनरीदेखि फुलवारीसम्म बन्ने छ । जसको लम्बाई १२ किलोमिटर रहेको छ । सो खण्डको लागत ३२ करोड रहेको इन्जिनियर मडैले बताए । ७ किलोमिटरको तेश्रो खण्ड फुलवारीदेखि कटैनीसम्म बन्ने छ । सो खण्डको लागत २८ करोड रहेको छ । सो खण्ड पनि दुई लेनमा बन्ने छ ।

   यसैगरी चौथो खण्ड ९कान्द्रा–शत्ती० को लम्बाई १३ किलोमिटर रहेको छ । दुई देनमै बन्ने सो खण्डको कुल लागत ३२ करोड ७२ लाख रहेको इन्जिनियर मडैले बताए । 
४ वटै सडक खण्ड निर्माणको ठेक्का स्वच्छन्द, जोशी जेभीले पाएको छ । सम्झौता अनुसार निर्माण कम्पनीले आगामी ३० महिना अर्थात साढे दुई बर्ष भित्र सो सडक निर्माण गरिसक्नु पर्नेछ । 



सोमबार १२, साउन २०७७ ०४:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.