नेपाली कांग्रेसका तीन नेता  पाटीबाट निस्काशित

Yugnepal     1129 पटक पढिएको    

नेपाली कांग्रेसका तीन नेता  पाटीबाट निस्काशित

  धनगढी नेपाली कांग्रेसको अनुशासन समितिले नेपाली काँग्रेस कैलालीका नेता एबं पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा सहित ३ जना नेतालाई पार्टीबाट निस्काशित गरेको छ ।

 काँग्रेसले ओझा सहित गोविन्दराज जोशी र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।

 पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्कासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

  यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले जनाएको  छ ।

 


 



आइतबार ११, साउन २०७७ ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal