कान्द्रानदिमा तटबन्ध भासिदा २ सय घरधुरी बाढीको जोखिममा

२८ लाख लागत

Yugnepal     1272 पटक पढिएको    

कान्द्रानदिमा तटबन्ध भासिदा २ सय  घरधुरी बाढीको जोखिममा


धनगढी  -कैलालीको भजनीस्थित कान्द्रा नदिमा तटबन्ध भासिदा २ सय ९५ घरधुरी बाढीको जोखिममा परेका छन्। एक हप्ता अघि जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय धनगढीले निर्माण गरेको तटबन्ध भासिदा भजनी ३ कुसुमाघाट गाउँका २ सय ९५ घरधुरी बाढीको जोखिममा परेका हुन्।

केहि दिन यता भईरहेको अबिरल बर्षाका कारण कान्द्रा नदिमा आएको वाढीले तटबन्धन जोखिममा परेको हो। असार २८ गते सम्पन्न गरेको तटबन्ध साउन ३ गते भासिएको हो। असार ५ गते जलस्रोत तथा सिचाइँ कार्यालय धनगढीसँग २८ लाख बजेटमा तट्वन्ध गर्ने सम्झौता भएको निर्माण उपभोक्ता समिती अध्यक्ष हिरासिह बोहराले जानकारी दिए।

आर्थिक वर्षको अन्तिम समयमा सम्झौता भएकाले लक्ष्य अनुसार काम गर्न नसकेको बोहराको भनाई छ। ढिलो सम्झौता हुदा १६ लाख रकम बरावरको मात्र काम भएको अध्यक्ष बोहराले बताए। बर्षातमा काम शुरु हुदा पानी बढेर ३० मिटर काम नभएपछि कान्द्रा नदिले कटान तिब्र पारेको बताइएको छ।

नदिले कटान तिव्र पारेपछि नजिकै रहेको दुर्गा मावि पनि कुसुघाट उच्च जोखिममा छ । नारायण ओझाका अनुसार १ सय ७३ घरधुरी कनैयापुर र १ सय २२ घरधुरी कुसुमघाटका प्रभावित भएका छन् ।



शुक्रबार ०९, साउन २०७७ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal