कांग्रेस कैलालीद्धारा १ महिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

Yugnepal     1044 पटक पढिएको    

कांग्रेस कैलालीद्धारा १ महिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

 

कोरोना कहरकाबीच नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीको आयोजना र लोकेन्द्र मोहन फाउण्डेशनको प्रायोजनमा जुम एपमार्फत एक महिने भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम एक शृङ्खलाबाट शुरु भएर २६ औं शृङ्खला पार गर्दै आइतवार सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा। शशांक कोइराला र विशिष्ट अतिथी केन्द्रीय निति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल रहेका थिए।

एक महिने अभिमुखिकरण कार्यक्रममा कोभिड(१९ युवा भबिष्य, समसामयिक राजनिती र शंसोधित विधान नियमावली, मुलुकको अर्थतन्त्र यथार्थ र चुनौती , हाम्रो अर्थ ब्यवस्था बजेट र युवाहरुको भुमिक,एमसिसी र यसका बिबिध आयम, बर्तमान सगठनको भुमिका र भबिष्यको मार्ग चित्र, सगठनको रुपान्तरणमा सुचना तथा सञ्चार प्रबिधिको अनिवार्यताबिषयमा सम्वाद तथा छलफल गरिएको थियो।

्त्यस्तै कोभिड( १९ हिजो आज र भोलि , लोकतान्त्रिक समाजबाद सिद्धान्त र व्यवहार, सामाजिक रुपान्तरण प्रवृत्ति र भोलिको कार्यदिशा कोभिड(१९ र यसले पर्ने मनोबैज्ञानिक सामाजिक प्रभाव , योग एक जीवन पद्धति लगायतका बिषयमा सम्वाद तथा छलफल गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु गगन थापा, रमेश लेखक, प्रदिप गिरी, प्रदिप पौडेल, धनराज गुरुङ, मीन बिश्वकर्मा अन्यमा उदयशम्शेर राणा, डा। प्रभु बुढाथोकी, डा। आरजु देउवा, डा। शेर बहादुर पुन, एनपि साउद, बद्री पाण्डे, योग गुरु लबदेब मिश्र लगायतकाले अनुशिक्षण गराएका थिए। कार्यक्रमको मुख्य उदेश्य संगठनको माथिल्लो तहको नेतृत्वसँग संगठनको तल्लो ईकाई सँग सगठको निति नियम बिचारको बुझाईमा एकरूपता ल्याउने, कोभिड(१९ यसले पारेको प्रभावसँग सबै तहका सगठनलाई क्रियाशिल बनाउने, स्थानिय प्रभाबित जनताको उद्धार, राहात र क्वारेन्टाइनको अवस्थामा नेपाली कांग्रेसको सक्रियता बढाउने समसामयिक राष्ट्रिय राजनीति बिषयमा पार्टीका विभिन्न तहका नेताहरुको क्षमता अभिबृदी गर्ने र प्रबिधी मैत्री सगठन निर्माण गर्ने रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला, , क्षेत्रीय, प्रदेश, नगर गाउँ र वार्ड , निर्वाचित र विभिन्न समयमा उम्मेद्वर भएका र पार्टिका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा कार्य समिती र विभिन्न अन्य जिल्ला र बिदेशमा रहेका समेतको सहभागी रहेका थिए ।

अभिमुखिकरण कार्यक्रममा स्वागत तथा बिषय बस्तुमा प्रबेश नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह गरेका थिए भने धन्यवाद ज्ञापन उपसभापति प्रकाश बहादुर बम गरेका थिए। कार्यक्रमको सञ्चालन काँग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिका सदस्य तथा निर्बतमान प्रशिक्षण शाखाका प्रमुख नृप बहादुर सुनार गरेका थिए।



सोमबार १५, असार २०७७ ०३:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.