कानुन व्यवसायी र इन्सपेक्टर ५० हजार घुससहित पक्राउ

Yugnepal     811 पटक पढिएको    

कानुन व्यवसायी   र   इन्सपेक्टर  ५० हजार घुससहित  पक्राउ
फायल तस्बिर

 

धनगढी– धनगढीबाट कानुन व्यवसायी र प्रहरी निरीक्षक ५० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।

जवरजस्ती करणी सम्बन्धी मुद्दा र सार्वजनिक हितविरुद्धको मुद्दा मिलाइदिने भन्दै ५० हजार लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक र निजी कानुन व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलाली मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक प्रकाश कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट रहेका छन्।

कानुन व्यवसायी हिमालय बिक्रम विष्टको निजी कानुनी परामर्श केन्द्रमा दिउँसोको समयमा दुई वटा मुद्दा मिलाई दिने भन्दै ५० हजार घुस लिँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले बताए।

उनका अनुसार कानुन व्यवसायी विष्टले विचौलियाको भूमिका खेलेको र घुस रकम बुझ्न प्रहरी निरीक्षक विष्ट पनि कानुन व्यवसायी संघकै फर्ममा पुगेका थिए।

अख्तियारका सूचना अधिकारी विष्टका अनुसार दुवै जनालाई अहिले महेन्द्रनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा लगिँदैछ। उनीहरुको मुचुल्का तयार पारेपछि थप अनुसन्धानका लागि फाइलसहित काठमाडौँ पठाइने छ।



शुक्रबार १२, असार २०७७ ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.