पूर्वराजा शाहले भने सरकारले देखाएको  व्यवहार असंवेदनशील

Yugnepal     1386 पटक पढिएको    

पूर्वराजा शाहले भने सरकारले देखाएको  व्यवहार असंवेदनशील


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको सरकारले देखाएको असंवेदनशील व्यवहारबारे चित्त दुखाएका छन् । कोरोना भाइरसको महामारी फैलिरहेको बेलामा पनि सरकार असंवेदनशील भएर जनताको रक्षाका लागि नलागेकोप्रति उनले चित्त दुखाएका हुन् । 

उनले यो अकल्पनीय व्याधीबाट जीवन गुमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनका साथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै ‘संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गास, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस्’ भनी सन्देश  जारी गर्दै सरकारलाई आग्रह समेत गरेका छन् । 

उनले बुधबार जारी गरेको सन्देशमा सरकारको असंवेदनशीलता यहींबाटै छर्लङ्ग पारेका छन् । यो गम्भीर समयमा नेपालीले खान नपाएर मर्नु, आत्महत्या गर्नुजस्ता क्रियाकलाप हुँदा पनि सरकार चुप लागेको बसेकोप्रति उनको चित्त दुखाई हो । 

पूर्वराजा शाहले यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेथितिप्रति गहिरो चिन्ता समेत व्यक्त गरेका छन् । 

उनले राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार २३ गतेको आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने घोषणा समेत गरेका छन् ।

उनले उनले आफ्नो भावनाप्रति श्रद्धा र शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धैर्य, दृढता र साहसका साथ अघि बढ्न आग्रह पनि गरेका छन् । 

राजसंस्थाको जरुरीप्रति पढाए नेताहरुलाई पाठ
पूर्वराजा शाहले निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेमा सत्ता सञ्चालकहरुलाई सचेत गराएका छन् । उनले नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन राजसंस्थाबाट मात्र सम्भव हुने सन्देशसमेत दिन खोजेका छन् । 

शाहले परस्पर आरोप प्रत्यारोप गरेर या निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताउँदै घुमाउरो पारामा राजसंस्थाको सान्दर्भिकता र औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । उनले शाहले वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न आग्रह गरेका छन् । 

राष्ट्रियतालाई मूल मन्त्र र एकतालाई शक्ति मानेर अघि बढ्नुपर्ने भन्दै पूर्वराजाले मुलुकको स्वाधीनता संरक्षण र एकीकरणको सन्दर्भमा राजसंस्थाको सान्दर्भिकतालाई स्वीकार्न घुमाउरो रुपमा आग्रह गरेको देखिन्छ । 

‘नेपाल राष्ट्रको एकीकरण , नेपालको स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ ।’ उनको सन्देशमा भनिएको छ । 

पूर्वराजाले अगाडि भनेका छन्, ‘यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

 राष्ट्रियता र एकता बढाउनु समग्र राष्ट्रहितमा रहेको पूर्वराजा शाहको भनाइ छ । सीमा विवाद, भ्रष्टाचार विभिन्न सन्धिसम्झौता हत्या हिंसा र आत्महत्याजस्ता विषयको समाधान र कारण खोज्न पनि उनले भनेका छन् । 

‘हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ रुजनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ रु रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुःखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ रु’ शाहले प्रश्न गरेका छन् । 

उनले सन्देशमा ‘भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनौं उठिरहन्छ रु यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ रु यी सबै सोचनीय विषय र विचारणीय कुराहरुको प्रश्नहरु उब्जिरहेको छ ।’ भनेका छन् । 

कामका लागि विदेशिनु परेका नेपालीप्रति सहानुभूति देखाउँदै पूर्वराजाले ‘विविध बाध्यताका कारण विदेशिएका कतिपय नागरिक स्वदेश फर्किएको भन्दै फर्कने सबैको श्रम, सीप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाइनु नितान्त जरुरी रहेको छ’ भनेका छन् । 

पूर्वराजाले ‘बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति, संस्कृति र पद्धतितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वाबलम्बनको परिपाटी फेरि कायम हुन्छ । केही दशकअघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नुपरेको छ ।’ भनेका छन् । 

समग्रमा पूर्वराजाको विज्ञप्तिमा राजसंस्थाको आवश्यकता दर्शाइएको छ भने सरकारको काम र दलहरुको व्यवहारले देशमा हत्या, हिंसा बढेको उल्लेख छ । राष्ट्रहित विरुद्ध गरिएका सन्धि सम्झौताप्रति पनि सचेत गराइएको छ । 



बिहिबार ११, असार २०७७ ११:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.