कञ्चनपुरमा बहिनीलाई बलात्कारको आरोपमा दाइ पक्राउ

Yugnepal     789 पटक पढिएको    

कञ्चनपुरमा बहिनीलाई बलात्कारको आरोपमा दाइ पक्राउ
फोटो फायल

कञ्चनपुर  -बहिनी बलात्कारको आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका– १० की ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय विरेन्द्र दयाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दयालले बालिकालाई बलात्कार गरेको भन्दै बालिकाकाको परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि दयाललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

थापाले भने उनले भने, ‘गएराती बालिकामाथि बलात्कार भएको छ । बलात्कारको आरोपमा बालिकाको दाइ पर्ने २० वर्षीय युवकलाई पक्राउ गरेका छौँ ।’ घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
दयालको घर बैतडीको मेलौलीमा रहेको र हाल भीमदत्त नगरपालिका–१० स्थित फुपूको घरमा बस्दै आएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको र घटनाका बारेमा थप अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



शनिबार ०६, असार २०७७ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.