सरकार बिरुद्ध धनगढीमा काँग्रेसको प्रदर्शन

Yugnepal     1069 पटक पढिएको    

सरकार बिरुद्ध धनगढीमा काँग्रेसको प्रदर्शन

 

धनगढी,  कोरोना रोकथामका लागि सरकारलाई गम्भीर बन्द आग्रह गर्दै नेपाली काग्रेस कैलालीले बिरोध ¥याली सहित प्रदर्शन गरेको छ । नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालय देखी प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगी समापन भएको थियो । माक्स अनिवार्य गरिएको जुलसमा सरकारले कोरोना रोकथाम गर्न कुनै पहल नगरेको भन्दै आलोचना गर्दै नाराबाजी समेत गरेका थिए ।

कोरोना भाईरस रोकथामका लागि सरकारको गैर जिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रदर्शन गरिएको जिल्ला सभापाति नरनारायण शाह मनुले जानकारी दिए ।

कार्यक्रमको कोष सभा बोल्दै नेपाली काँग्रेस कैलालीका नेता नारायणदत्त मिश्रले सरकारले नै कोरोना फैलाएको आरोप लगाए । क्वारेन्टाईनलाई व्यबस्थीत गर्नुको साटो उसैलाई कोरोनो सरुवा केन्द्र बनाएको उनको आरोप छ ।

सरकारले तत्काल क्वारेन्टाईनलाई व्यवस्थापन गर्न ध्यान दिनुपर्ने उनको आग्रह छ । लम्कीमा बलात्कारको घटना भएको नै क्वारेन्टाईनको अबस्थाको चित्रण गरिएको उनको कथन थियो । सरकार कोरोना नियन्त्रण गर्नुभन्दा पनि औषधी खरिदमा कमसिनको चक्करमा फसेको आरोप लगाए ।



बुधबार ०३, असार २०७७ १२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.