डा आरज़ु राणा देउवाको सहयोगमा  सिमामा अलपत्र नेपालीलाई खाना खुवाउदै

Yugnepal     1154 पटक पढिएको    

डा आरज़ु राणा देउवाको  सहयोगमा  सिमामा अलपत्र नेपालीलाई खाना खुवाउदै


धनगढी  ।  ग्रामिण महिला बिकास तथा  एकता केन्द्र रुडुकले भारतबाट आएका नेपालीहरुलाई खाना खुवाएको छ  । ग्रामीण महिला बिकास तथा एकता केन्द्र रुडुक कि संस्थापक अध्यक्ष डा आरज़ु राणा देउवाको आर्थिक सहयोगमा भारतबाट आएर सिमामा अलपत्र परेका नेपालिहरुलाई  २ दिन पुग्ने गरी खानाको  व्यवस्था गरिएको  हो । रोयल कोल्याबोरोटिजले  बिगत १८ दिन देखी यो खानापनी अभियान सन्चालन गरेको हो। सिमामा अलपत्रपरेका दशहजार नेपालीलाई खाना खुवाउने लक्षय रहेको संस्थाले जनाउको छ ।

कोरोना सन्त्रासका कारण कैलालीको त्रिनगर नाका हुँदै स्वदेश फर्केर  अलपत्र परेका नेपालीलाई  खाना खुुवाएको रुडुक  कोषाध्यक्ष प्रमिला लम्सालले बताए । लकडाउनका कारण भारतका बिभिन्न शहरमा अलपत्र परेका नागरिकको  कैलालीको  गौरीफन्टा नाकाबाट उद्धार हुने कार्य जारी रहेको छ । यस अघिपनी २०७६ जेठमा आएको हावा हुरिका कारण क्षतीग्रस्त धनगढीका बिभिन्न वडामा रहेका बिपन्न समुदायका गर्भवती, सुत्केरी, एकल महिला तथा बालबालिकालाई खाधान्न, लुगकपडा, पौस्टिक आहर तथा जस्ता पाता बितरण समेत गरिएको थियो।  

खानापानि अभियानमा  ग्रामिण महिला विकास एकता केन्द्र रुडुक कैलालीका  अध्यक्ष ममता शाह , सचिव सुनिता राना, कोषाध्यक्ष प्रमिला लम्साल ,सदस्य गिता भण्डारी, सुनिल रैका, मिना जोशी, धर्मराज जोशीको समेत  उपस्थिती रहेको थियो ।



सोमबार २६, जेठ २०७७ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.