सुदूरपश्चिम प्रदेश सरकारलाई  पत्रकार महासंघ, कैलाली शाखा द्धारा धन्यवाद  व्यक्त

Yugnepal     1456 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सरकारलाई  पत्रकार महासंघ, कैलाली शाखा द्धारा धन्यवाद  व्यक्त

 

नेपाल पत्रकार महासंघ, कैलाली शाखाले संचारगृहका लागी राहत उपलब्ध गराएकोमा सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिएको छ । 
 प्रेस विज्ञप्ती जारी गर्दै महासंघ कैलाली शाखाले संचारगृहका लागी राहत स्वरुप ३४ लाख ५५ हजार रकम निकास गरेकोमा प्रदेश सरकारप्रति धन्यवाद ब्यक्त गरेको हो ।
 कोरोनाले थलिएको संचारगृहका लागी राहत उपलब्ध गराउनु स्वागतयोग्य रहेको शाखा सचिव मिन ठकुरीद्धारा जारी  प्रेशविज्ञप्तीमा उल्लेख गरीएको छ ।
 यस्तै पत्रकार महासंघ कैलाली शाखाले संचारगृह र श्रमजीवी पत्रकारका लागी राहत प्याकेज ल्याउन पटक पटक गरेको आग्रहलाई सम्बोधन हुने गरि प्रदेश सरकारले राहत ल्याउनु सुखद रहेको भन्दै श्रमजीवी पत्रकारहरुका लागी थप राहत उपलब्ध गराउन पुनः आग्रह गरेको छ । उक्त राहत सिधै मिडिया हाउसले प्राप्त गर्ने ब्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ । प्रदेश सरकारले यस प्रदेशका संचारगृहका लागी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।



सोमबार २६, जेठ २०७७ ०१:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal