बझाङ्ग जयपृथ्वी बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा जातिय विभेद

Yugnepal     2533 पटक पढिएको    

बझाङ्ग  जयपृथ्वी बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा जातिय विभेद

 

प्रदिप मलासी ,बझाङ्ग - क्वारेन्टाईनमा जातिय विभेद भएपछि पिडितलाई दिन चर्या बिताउन सकस परेको छ । बझाङ्गको जयपृथ्वी नगरपालिका वडा११ भोपुरमा रहेको जयपृथ्वी बहुमुखि क्याम्पसमा  ४२ जना क्वारेन्टाईन बसेका छन जस मध्ये ५ जना वादी समुदायका पनि छन । तर यतिबेला  कोरोना भाईरस कोभिड १९को संक्रमण बढेका बेला सबै जनाले क्वारेन्टाईनमा मिलेर बस्ने सार्वजनिक स्थलमा कुनै पनि मान्छेले जातपातको कुरा लगाएर क्वारेन्टाईन भित्रको वातावरण धमिलो नपार्ने र  कानुनी राज्यको पालना गर्ने  बेला भोपुर क्वारेन्टाईनमा भने क्वारेन्टाईनमा बसेका गैरदलित ले दलित क्वारेन्टाईन बासी वादी समुदायका ५ जनालाई जातिय  बिभेद गरेको पाईएको छ ।  क्वारेन्टाईनमा बसेका गैरदलितले खाना पकाएर टाढै वाट दिने  पानी हालेर दिने र छुटै कोठामा बसाउने गरेको छ ।   नगरपालिकाले दैनिक प्रयोग हुने सामान पनि समान ब्यवहार साथ बितरण  नगरेको र क्वारेन्टाईनमा बस्ने अन्य हामी जस्तै मान्छेले पकाएको खाना खानाले हामी आफैलाई असुरक्षित महसुस भएको र राज्यले सबैलाइृ समान ब्यवहार र समान सुबिधा दिएका बेला अरु लाई खानेपानी भर्ने बाल्टीन र पानी खाने जग दिने र हामीले भने क्वारेन्टाईनमा बसेको ७ औ दिन सम्म पनिहामीले  नुहाउने र कपडा धुने सामान पाएका छौ नत पानी खाने भाडो अर्काले पानी हालि दिने र हात थापेर खानु पर्न बाध्येताले आफुलाई प्यास लागेका बेला पानी खान पाउनु भन्दा पनि अर्काको स्वईच्छामा पानी प्यास मेटाउनु पर्ने अवस्था  सिर्जना भएको छ ।   सार्वजनिक क्षेत्रको रुपमा स्थापना गरिएका क्वारेन्टाईनमा पनि जातिय बिभेदको संकेतले हामी लाई दिन चर्या बिताउन सकस भएको छ भन्छन ज न पा १० का स्थानीय क्वारेन्टाईन  बस्ने अनिल वादी
    तर यता जयपृथ्वी नगरपालिका बझाङ्गका प्रमुख प्रशासकिय अधिकृत मंगल ब शाही भने हामीले जो जुन दिन भारत बाट हामी कहाँ सम्पर्कमा आएका हुन तेसैलाई नै एक अलगै गु्रप बनाएर बसालेका छौ र सबै जनालाई एक नासको ओडने ओछयाउने र खाद्यान्नको प्रबन्ध गरेर आप्ःनै हातले पकाएर खाने सम्मको होओ जोहो मिलाएका छौ । तर क्वारेन्टाईनमा बस्ने मान्छेका बिचमा कुनै जातिय बिभेदगर्ने गराउने काम भएको छ ।भने अहिले सम्म हामी कहाँ जानकारी नआएको र जानकारी आएर त्यस्तो अवस्था देखियो भने सार्वजनिक स्थलमा बसेर कानुन बिपरित काम गर्ने जो कोहीलाइ पर्नि  कार्वाह ी गर्न पनि तयार रहेको बताए ।



आइतबार २५, जेठ २०७७ ०६:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.