सोती घटनाका दोषीलाई कडा कार्वाही गर्न नेविसंघको माग

समाज

Yugnepal     1372 पटक पढिएको    

सोती घटनाका दोषीलाई कडा कार्वाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले पश्चिम रुकुमको सोती घटनाका दोषीलाई कडा कार्वाही गर्न माग गरेको छ । 

नेविसंघले शनिबार साँझ काठमाडौंको माइतीघर मण्डलामा ज्यान गुमाएकाहरुको  आत्मा शान्तिका लागि दीप प्रज्वलन गर्दै दोषीमाथि कार्वाही गर्न माग गरेको हो । 

नेविसंघले घटनाका दोषीलाई राज्यले नै उन्मुक्ति दिन खोजेको आरोप समेत लगाएको छ । कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका नेता एवं संविधान सभा सदस्य राजीव बिक्रम शाह, नेविसंघ महामन्त्री युवराज पाण्डे, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मन्जित ताम्राकार, नेपाल दलित विद्यार्थी संघका राष्ट्रिय अध्यक्ष कमल बिक, नेताहरू धर्मदेव फुलारा, तपेन खड्का, सुवास पौडेल, सोमराज मल्ल लगायतको उपस्थिति रहेको नेविसंघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।   

उक्त कार्यक्रममा नेता शाहले सरकार र नेकपा नेताहरुले यो घटनालाई तोडमोड गरि दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुका साथै घटनामा संलग्न सबैलाई सजाय दिलाउन आफू सम्पूर्ण तवरले लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नेविसंघ महामन्त्री पाण्डेले घटनामा संलग्न जुनसुकै जाति, पार्टी, समुदायको भएपनि कानुनी कार्वाही हुनु पर्ने बताए ।

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मन्जित ताम्राकारले  सरकारले पीडितलाई न्याय र पीडकलाई दण्ड दिएन भने न्यायको लागि अन्तर्राष्ट्रिय अदालत पनि पुग्न सक्ने बताए ।  

यस्तै नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल बिकले अब न्यायका लागि देशभरका ५२ लाख दलित उठ्नुपर्ने बेला आएको बताए । 



आइतबार २५, जेठ २०७७ ०६:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal