रुडुकले नाकामा अलपत्र एक हजारलाई  खाना खुवायो

Yugnepal     702 पटक पढिएको    

रुडुकले नाकामा अलपत्र एक हजारलाई  खाना खुवायो

धनगढी । कैलालीको त्रिनगर नाकामा अलपत्र परेका नेपालीहरुलाई एक छाक खाना खुवाईएको छ ।  ग्रामीण महिला बिकास तथा एकता केन्द्र रुडुक कैलालीले आईतबार खाना खुवाईएको हो ।

कोरोना संन्त्रासका कारण कैलालीको त्रिनगर नाकाहुदै स्वदेश फर्केका अलपत्र एक हजार नेपालीहरुलाई खाना र पानी खुवाईएको रुडुककी कोषाध्यक्ष प्रमिला लम्सालले जानकारी दिईन ।  सामाजिक उत्तरदायित्व अन्तरग आफुहरुले सीमानाकाबाट स्वदेस फर्कने समस्यामा परेका खाना खुवाएर सहयोग गरेको कोषाध्यक्ष लम्सालले बताईन् ।

अलपत्र नेपालीहरुलाई रुडुक कैलालीकी अध्यक्ष ममता शाह, उपाध्यक्ष रेणु श्रेष्ठ, सचिव सुनिता राना, कोषाध्क्ष प्रमिला लम्साल सदस्य फुन नारायण भुषाल र गिता भण्डारीकोको सहभागितामा खाना खुवाईएकोे हो । यस्तै सामाजिक रुपान्तरणका लागी युवा परिचालन नेपालले ५६ पेटी पानी सहयोग सहयोग गरेको थियो ।



सोमबार १९, जेठ २०७७ ०६:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.