जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन

Yugnepal     856 पटक पढिएको    

जिल्ला प्रशासन कार्यालय  अगाडी विरोध  प्रर्दशन

धनगढी  पश्चिम रुकुम घटना प्रकरण  सत्यतथ्य छानविनकोमाग गदै आज  कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेको छ ।
  मुक्तिका लागि साझा अभियान संघर्ष समितिले धनगढीमा विरोध प्रदर्शन गरेको  हो ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा पाँच जनाको हत्या र एक जना बेपत्ता भएको घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग सहित समितिले प्रदर्शन गरेको हो ।

हत्यारालाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, वेपत्ताको यथाशिघ्र खोजी गर्नुपर्ने लगायतका नाराजुलुस गरेका थिए । समितिका संयोजक प्रेम विसीको नेतृत्वमा सो प्रदर्शन गरिएको नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधी अमृत विसीले जानकारी दिए ।


सरकारले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनी कार्वाहीको दायरा ल्याएर यस्ता अमानवीय घटना हुन नदिन सरकार सचेत हुनुपर्ने संयोजक प्रेमले माग गरे ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफनी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज सहित उनका पा“च जना साथी मारिएका छन भने एक जना अझै वेपत्ता छन ।



सोमबार १९, जेठ २०७७ १०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.