दरख सुखड खानेपानी संस्थाले वितरण गरेको खानेपानीमा समस्या

Yugnepal     1194 पटक पढिएको    

दरख सुखड खानेपानी संस्थाले वितरण गरेको खानेपानीमा समस्या


केहि दिन यता कैलालीको घोडाघोडी नगरपालिका १, सुखडमा रहेको दरख सुखड खानेपानी संस्थाले वितरण गर्दै आइरहेको खानेपानीमा  समस्या उत्पन्न भएको छ । खाने पानी संस्थाको घोडाघोडी नगरपालिका वडा–१, सुखडमा र वडा–२, साडेपानीमा गरि दुइ÷दुइ लाख लिटर क्षेमताका पानी ट्याङ्की भएता पनि हाल एउटा मात्र वोरिङ्गले काम गरिरहेको दरख सुखड खानेपानी संस्थाका अध्यक्ष निरज मल्लले बताइएको छन् । खानेपानी संस्था द्धरा आवश्कता भन्दा कम खानेपानी वितरण भैरहेकाले दश फिट भन्दा माथिको उचाइमा पानीको बाहाव नचढने हुदा केहि उच्च ठाउ, सुखड बजार क्षेत्र, कौवा टोल र बेलार गाउमा बसोवास गर्दै आइरहेका उपभोक्ताहरुमा बढि समस्या भएको खानेपानी संस्थानले  बताएको । पानी शुद्धिकरण गर्न प्रयोग गरिने उपकरण भित्र प्रयोग हुने मिडिया मा समस्या उत्पन्न भएकाले तत्काल बन्दा बन्दीका कारण खरिद गरि ल्याउन समेत समस्या भएको हुदा उपभोक्ता मा खानेपानी समस्या उत्पन्न भएको खानेपानी संस्थानका अध्यक्ष मल्ल ले बताए । 
खानेपानीमा उत्पन्न समस्या प्रति उपभोक्ताहरुको गुनासोलाइ स्वभावीक रुपमा आफुहरुले लीएको दरख सुखड खानेपानी संस्थानका सचिव टेक राज आर्चायले बताएका छन । बैशाख, जेष्ठ र असार गर्मीको समय भएकाले पनि जमिन मुनी पानीको स्रोत समेत घट्ने,बाटोनिर्माण भैरहेकाले जताततै पाइलाइन फुटेकाले खानेपानी नियमित गराउनमा समेत संस्थानलाइ समस्या सृर्जना भैरहेको र आज बाट अन्डर ग्राउन्ड खानेपानी ट्याङ्की निर्माण कार्य साडेपानीमा सुरु समेत भएकाले आउदा दिनहरुमा यी यावत खानेपानीमा देखिएका समस्या निरन्तर समाधान गर्दै आफुहरु अगढि बढ्ने खानेपानी संस्थाका सचिव आर्चायले बताए ।
उपोभोक्ताहरुले खेतबारीमा समेत खानेपानी नै प्रयोग गर्ने गरेको अधिकास ठाउमा पाइएको हुदा यसो गर्दा पनि खानेपानी समस्या उत्पन्न हुने भएकाले अतिआवश्क भन्दा बाहेक का कामहरुमा खानेपानी प्रयोग नगरिदिन समेत दरख सुखड खानेपानी संस्थाले सम्र्पूण उपभोक्ताहरुमा अनुरोध समेत गरेको छ ।



बुधबार १४, जेठ २०७७ ०३:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.