कालिदासले भने- म पथिक हूँ, कृपया अब पानी पिलाउनु होस् ! पुर्णिका

Yugnepal     2474 पटक पढिएको    

कालिदासले भने- म पथिक हूँ, कृपया अब पानी पिलाउनु होस् !  पुर्णिका


हामीले पढेका थियौं, कुनै बेला कालिदास मूर्ख थिए ! तर यो प्रसंग उनले बिद्वतता प्राप्त गरिसके पछिको हो ! कालिदासलाई आफ्नो बिद्वतताप्रति ज्यादै अहंकार थियो !  एकपटक कुनै आदिबासी गाउँमा जादै गर्दा कालिदासलाई असाध्यै प्यास लाग्यो ! उनले पानी बोकेर आउँदै गरेको एकजना बृद्धालाई देखे !

कालिदासले बृद्धाको नजिक गएर भने – आमा मलाई पानी पिउन दिनुहोस् , तपाईलाई ठूलो पुन्य प्राप्त हुनेछ !

बृद्धाले भनिन-  बाबु म तिमीलाई चिन्दै चिन्दिन पहिले आफ्नो परिचय देउ ! म अबश्य पनि तिमीलाई पानी दिन्छु !

कालिदासले भने- म पथिक हूँ, कृपया अब पानी पिलाउनु होस् !

बृद्धाले भनिन्- तिमी पथिक कसरी हुन सक्छौ? पथिक त केवल दुई मात्र छन् एक सूर्य अर्को चन्द्रमा ! जो कहिल्यै पनि रोकिदैनन् ! हमेशा घुमिरहन्छन् , तिमी यी दुई मध्ये कुन हौ पहिले मलाई सत्य बताउ !

कालिदासले भने- म पाहुना हुँ, कृपया मलाई पानी पिलाउनु होस् !

बृद्धाले भनिन् – तिमी पाहुना कसरी हुन सक्छौ? संसारमा दुई मात्र पाहुना छन् ! पहिलो धन, दोस्रो यौवन ! यि जानमा समय लगाउँदैनन् , सत्य बताउ तिमी को हौ?

अहिलेसम्म सबै तर्कले पराजित कालिदास हताश भैसकेका थिए !

कालिदासले भने- म सहनशील हूँ, अब त पानी पिलाउनु होस् !

बृद्धाले भनिन्- होइन, सहनशील त दुई मात्र छन् ! पहिलो, धरती जो पापी-पुण्यात्मा सबैका बोझ सहन्छ ! उसको छाती चिरेर बिउ उम्रन्छ तबमात्र अनाजको भण्डार बन्छ !  दोस्रो रूख जसलाई ढुंगाले हान्दा समेत मिठो फल दिने गर्छ ! तिमी सहनशील होइनौं, साँचो बताउ तिमी को हौं ?

कालिदास लगभग मूर्छित स्थितिमा आउँन थाले ! तर्क-बितर्कबाट निराश हुँदै उनले भने- म हठी हूँ ! अब त पानी पिलाउनु होस् आमा !

बृद्धाले भनिन्- फेरी असत्य ! हठी त दुई मात्र छन् ! पहिला नङ र दोस्रो कपाल ! जति काटेपनि बढ्न छाड्दैन, सत्य भन ब्राह्मण तिमी को हौ?

कालिदास पूर्ण रुपमा अपमानित एबम् पराजित भई सकेका थिए !

अन्तमा आजित भएर कालिदासले भने- त्यसो भए म मूर्ख हुँ !

बृद्धाले भनिन- होइन तिमी मूर्ख कसरी हुन सक्छौ?  मूर्ख त दुई मात्र हुन्छन् ! पहिलो शासक जो बिना योग्यता सबै माथि शासन गर्दछ !  दोस्रो शासकका सल्लाहकार जो शासकलाई प्रसन्न पार्नका लागि ग़लत तथ्यमाथि पनि तर्क गर्दछन् र गलतलाई सही सिद्ध गर्ने चेष्टा गर्दछन् !

कालिदास केही बोल्ने स्थितिमा थिएनन् ! अन्तमा उनी नतमस्तक हुँदै बृद्धाको पाउमा शिर राख्दै पानीको लागि गिड़गिड़ाउन लागे !

बृद्धाले भनिन्- उठ बाबु ! शिक्षाबाट ज्ञान प्राप्त हुन्छ ! अहंकार होइन , हामीले शिक्षाको बलले प्राप्त गरेको मान एवम् प्रतिष्ठालाई नै आफ्नो उपलब्धि ठानेर कहिल्यै अहंकार गर्नु हुँदैन !

कालिदासलाई आफ्नो गल्ती महसुस भयो र उनी तिर्खा मेटिदासम्म पानी पिएर अगाडि बढे !

बिद्वतता माथि कहिल्यै घमण्ड नगर !  यसो भएमा यही घमण्डले नै बिद्वततालाई नष्ट गरिदिन्छ,  दुई कुरालाई कहिल्यै खेर फाल्नु हुँदैन पहिलो अन्नको कण, दोस्रो आनन्दको क्षण !! जय जननी

(पुर्णिका शाहको फेसबुकबाट )



आइतबार ०४, जेठ २०७७ ०९:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.