अलपत्र परेका भारतीयहरुको कुँवरले गरे खाने बस्ने व्यवस्था

Yugnepal     974 पटक पढिएको    

अलपत्र परेका भारतीयहरुको कुँवरले गरे खाने बस्ने व्यवस्था

धनगढी । भारत जान नपाएर मध्य राति धनगढीमा अलपत्र परेका भारतीय नागरिकहरुलाई कैलाली उद्योग  वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले खाने बस्ने व्यवस्था उपलब्ध गराएका छन् ।


कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट भारत जान आएका सयौ व्यक्तिहरु सीमा नाकाबाट फिर्ता गरेका कारण मध्यराति धनगढी बजारमा अलपत्र परेका थिए ।

राति १ बजे उनीहरु धनगढीमा अलपत्र परेको जानकारी पाएपछि कुँवरले उनीहरुलाई उद्दार गरी चटकपुरस्थित आफ्नो होटल फ्लोरा लगे ।

उनीहरुलाई बातानूकुलित हलमा बस्ने व्यवस्था मिलाए । खाना खुवाए । अहिले पनि उनीहरु फ्लोरा होटलमै छन् ।


मध्यराति भारतीय नागरिकहरु धनगढीको सडकमा अलपत्र परेका जानकारी पाए, कुँवरले भने, र राति नै उनीहरुलाई उद्दार गरी होटलमा खाने वस्ने व्यवस्था मिलाए ।

कैलाली उद्योग  वाणिज्य संघका अध्यक्ष कुँवरका अनुसार होटल फ्लोरामा भारतको बिहार,उत्तप्रदेश, मतिहारी लगायतका स्थानमा ५१ जना नागरिक रहेका छन् ।
उनीहरु भारत जान नाका खुला गरेको जानकारी पाएपछि गेटा मेडिकल कलेज, फुलवारी,कञ्चनपुरको गुलरियाबाट धनगढी आएका थिए । 



शनिबार ०३, जेठ २०७७ ०४:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.