देव विकास बैंकले ३६  जना अति विपन्न परिवारलाई राहात  वितरण

Yugnepal     1244 पटक पढिएको    

देव विकास बैंकले ३६  जना अति विपन्न परिवारलाई राहात  वितरण

 
देवः विकास बैंक पहलमानपुर शाखा द्धरा कैलालीको घोडाघोडी नगरपालिकाका वडा नम्बर (९, अन्तर्गतका रतिपुर,शिखरझाला र फारममा बस्दै आएका अति विपन्न ३६ परिवारलाई बैंकले राहत वितरण गरेको छ।
कोरोना भाइरसको जोखीम बढेको भन्दै चैत्र ११ गते देखि भएको बन्दाबन्दीका कारण समस्यामा परेका अति विपन्न परिवारलाई बैंकले ५० हजार मुल्य बरावरको राहत वितरण गरेको हो।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर अति विपन्न परिवारलाई राहत वितरण गरेको  जनाएको छ । घोडाघोडी नगरपालिकाका वडा नम्बर ९ को समन्वयमा राहात वितरण गरिएको बैंकका पहलमानपुर शाखा प्रमुख महेन्द्र बहादुर बोगटीले जनाएका छन् ।



आइतबार १४, बैशाख २०७७ ०८:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal