विपन्न परिवारलाई घोडाघोडी आप्रवासी मञ्चको राहात

Yugnepal     1780 पटक पढिएको    

विपन्न परिवारलाई घोडाघोडी आप्रवासी मञ्चको राहात

    
 सुख्ड  - घोडाघोडी आप्रवासी मञ्च मार्फत बुधवार कैलालीको घोडाघोडी नगरपालिका २, मा खाद्यन वितरण गरिएको छ । ज्याला मज्दुरी गरि आफ्नो जीवीको पार्जन र खाद्यन जोहो गर्दै आइरहेका ७० विपन्न परिवारमा चैत्र ११ गते देखिको लगातारको लक डावनका कारण खाद्यन संकट उत्पन्न भए पछि राहात वितरण गरिएको हो । घोडाघोडी आप्रवासी मञ्चको रु ४० हजार  आर्थिक सहयोग र घोडाघोडी नगरपालिका वडा २, को समन्वयमा मा उक्त राहात सामाग्री वितरण गरिएको हो । शिक्षा र रोजगारीको शिलशिलामा प्रवासलाइ आफ्नो कर्म थलो बनाइ जापान, मलेसिया, साउदीअरब, यूएइ, कतार, वहराइन, ओमन र कुवेत मा बस्दै आइरहेका घोडाघोडी नगरपालिका वडा २, का नागरिकहरुले आर्थिक संकलन गरेर खाद्यन सहयोग पु¥याको उक्त वडाका अध्यक्ष हरि राज बिष्टले जानकारी दिएका हुन ।
 न्यून आय र ज्याला मज्दुरी गरि आफ्नो जीविको पार्जन गर्दै आइरहेका वडा भित्र बसोवास गरिरहेका नागरिकहरुलाइ वडा कार्यलय र दातृ संस्था द्धरा वितरण गरिएको यो तेस्रो चरणको राहात वितरण गरेको वडा अध्यक्ष बिष्टले बताए । उनले संकटको घडिमा विदेशमा रहेर पनि आर्थिक जोहो गरि खाद्यन सहयोग गरेको प्रति घोडाघोडी आप्रवासी मञ्चलाइ धन्यवाद व्यक्त गर्दै, विषम परिस्थितिमा तेरो मेरोको भावना भन्दा पनि एक जुट भएर जति सकिन्छ आआफ्नो नजिक समस्यामा परेकालाइ सहयोग गरिदिन सम्पूर्णलाइ आग्रर्ह समेत गरेका छन् ।



बुधबार २६, चैत २०७६ ०८:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal