हिमशिखर द्धारा खाद्यान्न सहयोग

Yugnepal     1304 पटक पढिएको    

हिमशिखर द्धारा खाद्यान्न सहयोग

धनगढी  हिमशिखर बहुउद्देश्यीय  सहकारी संस्थाले लक डाउनका कारणले समस्यामा  परेका  दैनिक ज्याला मज्दुरी गरेर खाने वर्गलाई राहात स्वरुप  खाद्यान्न सहयोग गरेको छ । विश्वमा महामारीका रुपमा रहेको कोभिड– १९ कोरनाले गर्दा संकट फैलिएको छ । कोरना बाट बच्न नेपाल सरकारले गरेको लकडाउन परी समस्यामा परेका वर्ग र परिवारलाई हिमशिखर सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको प्रवन्धक महेन्द्र शाहीले बताए । 
  हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत खाद्यान्न सामाग्री धनगढी उपमहानगरपालिका आपूर्ति व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।  शाहीका अनुसार चामल–२० बोरा  तेल–५ पेटी धनगढी उप महानगरपालिका आपुर्ति व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बताए । 
हिमशिखर सहकारी संसथाका उपाध्यक्ष रोसन सिंहले धनगढी उप महानगरपालिकाका  नगर प्रमुख नृप बहादुर वडलाई हस्तान्तरण गरेका संस्थाका प्रवन्धक महेन्द्र शाहीले बताए । 



बिहिबार २०, चैत २०७६ ०३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal