डोटेली भाषाको चलचित्र ‘नन्दी’ को पोष्टर सार्वजनिक

Yugnepal     2528 पटक पढिएको    

डोटेली भाषाको चलचित्र ‘नन्दी’ को पोष्टर सार्वजनिक

 

वहुप्रतिक्षित डोटेली भाषाको चलचित्र ‘नन्दी’ को पोष्टर सार्वजनिक गरिएको छ । सुदुरपश्चिमको रमणीय स्थानहरुमा सुटिङ गरिएको सो चलचित्र सुदुरपश्चिममा बन्न लागेको हाल सम्मकै सबैभन्दा बिग बजेटको चलचित्र हो । प्राविधिक हिसाबले अहिलेको अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सो चलचित्रको
आगामी पुस पन्ध्रमा पहिलो ट्रेलर युटुब मार्फत रिलिज हुने फिल्मका निर्माता तथा अभिनेता विनोद बोहरा ‘बोगटानी किङ” ले बताएका छ्न ।
डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन गत महिनाबाट शुरु भएको थियो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ” हुन । त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहेका छन्। चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र सङ्गम लगायतका कलाकारहरुको सहभागिता रहेको छ।चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्मातारअभिनेता बोहराले बताए।। भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको उनले बताए। परापूर्वकालमा राजा दिलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ। सो गाईद्वारा नै दूधको धारा दिइरहेको ठाँउमा भेटिएको ज्योतिर्लिङ्गको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलीपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ। सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ। यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ। मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’ ९चप्पल० सुरक्षित राखिएको छ। सोही नन्दिनी गाईको सिङलाई आधार बनाएर कथावस्तु तयार पारी चलचित्र निर्माण भएको निर्माता बोहराले बताए।उनले भने, “चलचित्रको कथा त्यसै सिङको वरिपरि घुमाएका छौँ, यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्नेछौँ।” चलचित्रको ६० प्रतिशतभन्दा बढी छायाङ्कन दिपायल क्षेत्रमा भएको जनाइएको छ। त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायाङ्कन भएको निर्देशक बाबु थिङले बताए।



आइतबार १३, पुष २०७६ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.