कैलालीको घोडाघोडीमा पार्किङ गरिरखेको बसमा आगजनी

Yugnepal     922 पटक पढिएको    

कैलालीको घोडाघोडीमा पार्किङ गरिरखेको बसमा आगजनी

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा पार्किङ गरिराखेको बसमा आगजनी भएको छ। काक्रेविहार यातायातको ना ४ ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको हो।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए।

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक चलाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए। 



सोमबार २५, कार्तिक २०७६ ०२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal