चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा चुस्त पार्न निर्देशन

Yugnepal     994 पटक पढिएको    

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा चुस्त पार्न निर्देशन

काठमडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदो चाडपर्व र चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् ।

अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले चिनियाँ राष्ट्रपतिको भ्रमणको सुरक्षामा अन्य देशका राष्ट्र प्रमुखको जस्तै उच्चस्तरको सुरक्षा प्रबन्ध गरिएको र सबै सुरक्षा निकायको समन्वयमा नै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।  

आज मातहतका प्रहरी कर्मचारीलाई बोलाएर उहाँले प्रहरीको साख माथि उठाउने यो महत्वपूर्ण अवसर भएको भन्दै सुरक्षामा कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिएका छन् । बैठकमा महानगरीय प्रहरी कार्यालय परिसर, ट्राफिक प्रहरी महाशाखा, अपराध महाशाखा, वृत्त, प्रभागका प्रमुखसहितका प्रहरी कर्मचारीको सहभागिता थियो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले चाडबाडलगायत शान्तिसुरक्षालाई चुस्त बनाउने विषयसँगै प्रहरी दिवस आउन लागेकाले सोही विषयबारे आजको बैठकमा छलफल भएको जानकारी दिए ।



बिहिबार १६, असोज २०७६ १२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal