कञ्चनपुरमा महराको पुत्ला दहन

Yugnepal     700 पटक पढिएको    

कञ्चनपुरमा महराको पुत्ला दहन

पुनर्वास ।  कञ्चनपुरको पुनर्वास स्थित आइबिआरडी बजारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जबर्जस्ती करणीको आरोप लागेका  कृष्णबहादुर महराको पुत्ला दहन गरेको छ ।

कम्युनिष्ट सरकारका सभामुख यौन दुराचार गरेको र नैतिक चरित्र पतन देखिएकाले महरालाई कार्वाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले मंगलबार पुत्ला दहन गरेको हो ।

नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायको नेतृत्वमा बिरोध प्रदर्शन गर्दै सभामुख महराको पुत्ला दहन गरिएको हो ।

क्षेत्रीय सभापति उपाध्यायले भने  सभामुख महरा माथी लागेको यौन दुराचारको आरोपको निश्पक्ष छानबिन गरि वास्तविकता सार्वजनिक गरियोस । सभापति उपाध्यायले भने   राज्यको माथिल्लो तहमा बसेका महराले यदी साँच्चिकै महिला माथी बलात्कार गरेकै हुन भने उनलाई फाँसीको सजाय दिन सरकारले खुट्टा कमाउन हुँदैन ।यदि यो आरोप सहि हो भने ईतिहासमै आजको दिन कालो दिनका रुपमा रहने छ । 

बलात्कार घटनाको बारे हाम्राकुरा डटकमले सार्वजनिक गरे लगत्तै दुनियाँ भर बाट आएको बिरोध र दवाबका कारण आजै महराले सभामुख पदबाट राजिनामा दिन बाध्य भएका हुन ।

बलात्कारको आरोप लागेका महराको पुत्ला दहन कार्यक्रममा प्रमुख प्रतिपक्षी दल काँग्रेसका दर्जनौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।



बुधबार १५, असोज २०७६ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.