महराको  फर्गेट यस्टर्डे मा के थियो महिलाको जवाफ ?

Yugnepal     1203 पटक पढिएको    

महराको  फर्गेट यस्टर्डे मा के थियो महिलाको जवाफ ?

काठमाडौं। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरालाई दिएको भिडियो अन्तर्वार्ता दोस्रो भागमा दुई पक्षबीचको संवाद देखिएको छ। 

अहिलेसम्म सार्वजनिक नभएको यो भिडियो सोमबार हाम्राकुराले सार्वजनिक गरेको भिडियोको दोस्रो भाग हो। जुन भिडियोमा महरा र महिलाबीचको संवाद देख्न सकिन्छ। अन्तर्वार्ताका क्रममा भाइबरमा भएको संवादलाई महिलाले हाम्राकुरालाई देखाएकी थिइन। 

महिलाले महरासँगको संवाद मात्र देखाइनन उनले महराको छोरालाई उनका बाबुमाथि लगाएको आरोप सहितको मेसेज पनि देखाएकी थिइन। उनकै सहमतीमा उनीसँग रेकर्ड गरिएको भिडियोमा कुराकानी मात्र गरेकी छैनन उनले आफ्नो मोवाइलमा भएको संवादहरु पनि देखाएकी छिन्। भिडियो अन्तर्वार्ताका क्रममा ति महिलाले राजिनामा दिएका सभामुख महराले आइतवार साँँझ तिनकुनेस्थित उनको डेरामै आएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन।

भिडियो अन्तर्वार्ताको दोस्रो भाग

जवर्जस्ती करणीको गम्भीर आरोप लागेका सभामुख महराले ति महिलालाई आइतवार राती दश बजेतिर ुहाइु भनेका थिए। त्यसको जवाफ नपाएका महराले विहान महिलालाई उठ्नुभयो भनेर फेरि मेसेज गरेका थिए। उनले अघिल्लो दिन भएको गल्तीको लागि माफि मागेका थिए। उनले हिजो अर्थात आइतवार रातीको घटना बिर्सिदिन भनेका थिए। महराले भाइबरमा लेखेका छन्, ु फर्गेट यस्टर्डे । आइएम भेरी सरी ु। 

महराले पिडित महिलासँग कुरा गरिरहँदा उनकै नम्वरबाट पिडितलाई पटकपटक फोन गरि घटनालाई नउचाल्न दवाव दिएको भिडियो सोमवार नै हाम्राकुराले सार्वजनिक गरिसकेको छ। उनले यो घटनालाई सामान्य घटना भएको उल्लेख गर्दै मिडियामा नलैजान पनि दवाव दिएका थिए। उनले भाइवर म्यासेजमा पनि सोहि प्रकृतिको सन्देश पठाएको पिडितले हामीलाई देखाएकी थिइन।  

भिडियो अन्तर्वार्ताको पहिलो भाग

कञ्चनपुरमा महराको पुत्ला दहन
संविधानको धारा ९२ अनुसार राजीनामा दिएपछि सभामुखको पद रिक्त, राजीनामाको भाषाले अर्थ राख्दैन – सुवास नेम्वाङ
कांग्रेसले भन्यो( नवमण्डले चरित्रको स्वरुप प्रकट
महरामाथि निष्पक्ष छानविन हुनुपर्छस् कांग्रेस महामन्त्री कोईराला
सभामुख महराले दिए राजीनामा
महरालाई राजीनामा दिन सचिवालयको निर्देशन
कांग्रेस सभापतिहरुद्वारा सभामुख महरालाई कारबाहीको माग
महराको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग
विज्ञप्ति निकालेर सभामुख पन्छिन मिल्दैनस् गगन थापा
सभामुखमाथि पिडित महिलाले भिडियोमा यस्तो बोलिन्
सभामुख महरालाई लागेको आरोप निराधार रहेको प्रेस सल्लाहकारको स्पष्टोक्ति
सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप



बुधबार १५, असोज २०७६ १०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.