सभामुख महराले दिए राजीनामा

Yugnepal     762 पटक पढिएको    

सभामुख महराले दिए राजीनामा

काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा महरा राजीनामा दिएका हुन्  ।

 मंगलबारै सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो। महरालाई सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको छ  ।

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा ९नाम परिवर्तन०ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।

यो पनि पढ्नुहोस्  ;

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप
पिडितको घरमा गएको महराद्वारा स्वीकार
सभामुखमाथि पिडित महिलाले भिडियोमा यस्तो बोलिन्
सभामुखले किन गरिरहे पटक पटक फोन ?



मङ्गलबार १४, असोज २०७६ ०१:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.