झरीले सर्लाहीका ग्रामीण सडक हिलाम्मे

Yugnepal     782 पटक पढिएको    

झरीले सर्लाहीका ग्रामीण सडक हिलाम्मे

 सर्लाही । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको ग्रामीण सडक हिलाम्मे भएका छन् । लामो समयदेखि मर्मत सम्भार हुन नसकेका र निर्माणाधीन अवस्थामा रहेका जिल्लाका भित्री सडक वर्षाको पानीले खराब भएको हो ।

जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकसहित बाँके–सङ्ग्रामपुर, फूलजोर–त्रिभुवननगर, सलेमपुर–हीरापुर र अन्य भित्री सडक हिलाम्मे हुँदा पैदल हिँड्न र सवारी सञ्चालनमा समस्या भएको हो । चाडपर्वको मुखमा निरन्तर भइरहेको झरीले सडक जीर्ण बनेपछि सर्वसाधारण सास्ती खेप्न बाध्य छन।

 हरिपूर्वा, पर्सा, ब्रह्मपुरीहुँदै सदरमुकाम मलङ्गवासम्म पुग्ने हुलाकी सडक केही दिनदेखि भइरहेको वर्षाले खराब भएको छ । पानीको उचित निकास नहुँदा जिल्ला सदरमुकाम मलङ्गवासहित बरहथवा, बयवलवास, हरिपुरलगायतका मुख्य बजारका भित्री सडक पनि हिलाम्मे भएको स्थानीयवासीले बताएका छन् ।

 निर्माणाधीन अवस्थामा रहेको सदरमुकाम मलङ्गवा नगरपालिकाको सबैजसो भित्री सडकमा अहिले पोखरी झैँ पानी जमेको छ ।



सोमबार १३, असोज २०७६ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.