आइजीपीका भाइलाई अमेरिका पुरस्कार

Yugnepal     959 पटक पढिएको    

आइजीपीका भाइलाई अमेरिका पुरस्कार

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले रासन घोटालाका आरोपित आफ्नै भाइ डीएसपी सुरेश गैरेलाई १५ महिनाका लागि अमेरिका अध्ययनमा पठाएका छन् ।

आइजीपी खनाल र गैरे मामा चेला फुपू चेला हुन् । गैरेलाई डीएसपीहरुको लागि आकर्षक मानिने काठमाडौंको गुल्मपति बनाएकै बेला उनी रासन घोटालामा मुछिएका थिए। त्यससपछि छानबिन कमिटी नै बनाइएको थियो।

छानबिन टोलीले रासन घोटालामा उनको त्रुटि औंल्याएको प्रतिवेदन आइजीपी खनाललाई दिएको थियो। तर आइजीपी खनालले उक्त प्रतिवेदन आफ्नै दराजमा थन्क्याएर तिनै गैरेलाई अमेरिकाको १५ महिनाको माष्टर डिग्री अध्ययनका लागि छनोट गरेका छन् ।

रासन घोटालामा परेका डीएसपी गैरेलाई अमेरिकामा अध्ययनका लागि छानेकोमा सशस्त्रमा असन्तुष्टी ब्याप्त रहेको साँघु साप्ताहिकमा समाचार छ। अमेरिका अध्ययनको अवसर अनियमिततामा मुछिएका भाइलाई दिने आइजीपी खनालको निर्णयले संगठनमा थप मनोबल गिराउने काम गरेको छ । 

डाडु पुन्यु भएको भान्छेले आफैलाई बढी राखेको जस्तै गरेको भन्दै खनालको बारेमा शसस्त्र प्रहरी बलको मुख्यालयमा चर्चा हुन थालेको छ । हाम्रा कुरा बाट साभार ।



सोमबार १३, असोज २०७६ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.