वडाध्यक्षको छोरालाई कैची प्रहार गर्ने पक्राउ

Yugnepal     649 पटक पढिएको    

वडाध्यक्षको छोरालाई कैची प्रहार गर्ने पक्राउ

धरान। धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका  पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो। 

पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनालगत्तै फरार रहेका मियाँलाई आज धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए।
 
घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो। घाइतेलाई सर्जरी वाडमा राखिएको छ। उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्।



शुक्रबार १०, असोज २०७६ ०४:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.