चार राउण्ड गोली हानि डाका समातियो, पत्रकार सम्मेलनमा एसपीले यसो भने

Yugnepal     631 पटक पढिएको    

चार राउण्ड गोली हानि डाका समातियो, पत्रकार सम्मेलनमा एसपीले यसो भने

जनकपुरधाम । जनकपुरधाममा डकैती गरेर भागिरहेका चार जना डाकालाई धनुषा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।  बिहीबार बिहान डकैती गरेर भागिरहेको डाकासँग भएको कटुवा पेस्तोल चलाउन खोजेपछि प्रहरीले चार राण्ड गोली फायर गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  २ स्थित जानकी फर्निशिंग पसलमा प्रहरीका अनुसार  बिहान ३ बजे डकैती गर्न आएका ४ जना डाकालाई धनुषा प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।

शिव चोक र भानु चोककोबीचमा रहेको सो  जनकपुरधाम उपमहानगरपालिकाको मुख्य गेट उक्त पसलमा डाका गरी रहेको अवस्थामा प्रहरीले देखेपछि उनीहरु भाग्न खाजेका थिए ।

हतियार सहित प्रकाउ परेका ४ जना मध्ये एउटालाई घटनास्थलमै पक्राउ गरेको थियो भने अर्का एकजनालाई जनकपुर उद्योग वाणिज्य संघ को गलीमा  खुट्टामा गोली हानेर पक्राउ गरेका बिहीबार धनुषाका एसपी शेखर खनालले पत्रकार समेलनमा बताए ।

एसपी खनालका अनुसार भागिरहेको अवस्थामा थप २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताए ।डाकाहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउन्ड गोली ,  ताल्चा काटने कटर एक थान, नेपाली रुपैयाँ १० का नोट ७० थान,ठूलो पेचकस,उक्त पसल मा लगाउने ताल्चा काटेको २ थान र मोबाइल एक थान डाकाहरु को  साथबाट  बरामद गरिएको पत्रकार समेलन बताए  ।

पक्राउ पर्नेहरुमा  भारत बिहार राज्य  बर्गिनिया बस्ने ३९ बर्षिय  उजीर अन्सारी र सितामढी जिल्ला पिप्राढी   इस्लामपुर बस्ने ४० बर्षिय मोहम्मद इलियास नाम गरेको व्यक्ति रहेका छन, भने नेपाल रौतहट जिल्ला वृंदावन नगरपालिका रमौल बैरिया बस्ने ३५ बर्षिय गगन पटेल र गौर नगरपालिका वडा नम्बर ४ बस्ने  ४५ बर्षिय विनोद प्रसाद सिंह रहेका पत्रकार समेलनमा धनुषा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

गोली हानेर पक्राउ परेका बिनोद प्रसाद सिंहलाई खुट्टामा  गोली लागेका सिंहलाई  जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेका छन ।  जिल्ला प्रहरी कार्यालय धनुषामा  पत्रकार सम्मेलन गरी डाकाहरुलाई सार्वजनिक गरेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी दशैं, तिहारलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो ।

यता,चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाइ जिल्लाको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका विभिन्न १२ स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ भने विभिन्न स्थललाई विशेष सुरक्षा निगरानीमा समेत राखिएका छन ।

त्यसैगरी चाडबाडमा बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, बजारमा विशेष निगरानी गरिएको समेत उपरीक्षक खनालले बताए । सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा प्रहरी गस्ती गाडी, मोटरसाइकल लगायतको साधनबाट ५२ वटा गस्ती टोली परिचालन गरिए बताए ।

धनुषा प्रहरीले दशैं, तिहार चाडपर्व लक्षित गरी सुरक्षा योजनालाई प्रभावकारी बनाउन नगर भित्र ४ सय ८५ जना प्रहरी जनशक्ति  परिचालन गरेका हुन् ।



बिहिबार ०९, असोज २०७६ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.