जागरण अभियानले धनकुटा कांग्रेसमा ल्यायो जनलहर, ३८३ जना विभिन्न पार्टी परित्यागगरि कांग्रेस प्रवेश

Yugnepal     922 पटक पढिएको    

जागरण अभियानले धनकुटा कांग्रेसमा ल्यायो जनलहर, ३८३ जना विभिन्न पार्टी परित्यागगरि कांग्रेस प्रवेश

धनकुटा । जागरण अभिायनले धनकुटा कांग्रेसमा जनलहर ल्याएको बुधबार नेपाली काग्रेस धनकुटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । धनकुटा जिल्लाका ६० वटा वडा र ७ वटा पालिकामा १५ दिन सम्म जागरण अभिायन संचालन भएको थियो ।

सो अवधिमा धनकुटामा  ३८३ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राइद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

धनकुटाका क्षेत्र नं। १ को सागुरीगढी डाडाबजारको पर्यटकीय स्थल ध्वजे डाडा र क्षेत्र नं। २ पाख्रिवास को पर्यटकीय स्थल सिमसार ताल तलैयामा १०६(१०६ वटा बिरुवा रोपेर वीपी कोईरालाको १० औं जन्म जयन्ती भाद्र २४ गते दोस्रो जागरण अभिायनको उद्घाटन गरी धनकुटा जिल्लाका ६० वटा वडा र ७ वटा पालिकामा १५ दिन सम्म जागरण अभिायन संचालन गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

साथै जागरण अभियानको समापन गर्ने क्रममा धनकुटा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयबाट निस्किएको र्‍यालीले धनकुटा बजारको परिक्रमा गरी सहिद भीम नारायण श्रेष्ठ चौकमा पुगी भएको जागरण अभियानको समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि संविधान सभा सदस्य विश्व दिप लिङ्देनले जागरण अभियानले कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण उपलब्धि भएको वताए ।
 
नेपाली कांग्रेस धनकुटा सभापति अग्नी प्रसाद पौडेलेको अध्यक्षमा भएको समापन कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई,प्रदे सभा क्षेत्रिय कार्यालय समिति (क) का सभापति जितेन्द्र राई लगायतका नेताहरुले जागर अभियान कार्यक्रमले कांग्रेसका नेता तथा कार्यकर्ताहरु  मतदाताहरु बिचमा समेत जिवनत सम्वन्ध कायम गरेको वताए ।

भने कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटका उपसभापित नविन किशोर शाक्यले र जागरण अभिायनको उपलब्धिको वारेमा  जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पार्दै जागरण अभिायनले धनकुटामा कांग्रेसमा जनलहर ल्याएको वताए ।

नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुले हत्या,हिंया,बलात्कार,महंगी,कर वृद्धीको विरुद्धमा चर्को नारा बाजी गर्दै बजार परिक्रममा गरेका थिए ।



बिहिबार ०९, असोज २०७६ ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.