होटल संचालकसहित तीन जना मृत भेटिए

Yugnepal     656 पटक पढिएको    

होटल संचालकसहित तीन जना मृत भेटिए

धनुषा । धनुषामा होटल संचालकसहित तीन जना मृत भेटिएका छन् । करेन्ट लागेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ पोर्ताहामा एकै परिवारका श्रीमान श्रीमती र एक होटलमा काम गर्ने महिलासहित तीन जनाको होटलमा राखिएको फ्रिजको करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

स्थानीय ५५ बर्षीय शिवकुमार महतोले संचालन गर्दै आएको पूर्वेली स्टाफलाइन होटलमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा होटल संचालक शिवकुमार महतो, उनकी श्रीमति र होटलमै काम गर्ने एक महिला कामदार रहेका छन् ।

होटलमा राखिएको फ्रिज नजिकै तीनै जना बुधबार बिहान मृत अवस्थामा देखिएपछि प्रहरीलाई खवर गरिएको थियो । खवर पाएलगत्तै ईलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले घटनाको मुचुल्का उठाएका छन् ।

बुधबार विहान होटल संचालक महतोकी आमा होटलमा पुगेर ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयहरुलाई गुहारेकी थिइन । घटना पश्चातका स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खवर गरिएका थिए ।

तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जनकपुरधाम अञ्चल अस्पतालमा ल्याएका प्रहरी स्रोतले जनाएका छन ।



बुधबार ०८, असोज २०७६ ०१:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.