चुरे संरक्षण गरेमात्रै तराई सुरक्षित

Yugnepal     895 पटक पढिएको    

चुरे संरक्षण गरेमात्रै तराई सुरक्षित

सर्लाही । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले चुरे संरक्षण गर्न सकेमात्रै तराई सुरक्षित रहन सक्ने बताएका छन् ।  उनले बढ्दो चुरे विनाश रोकेर तत्काल संरक्षणको काम गर्नुपर्नेमा जोड दिए ।

मांगलबार सर्लाही सदरमुकाम मलङ्गवामा प्रदेश स्तरीय जोखिम न्यूनिकरण गर्न नीति निर्माण र रणनीति तय गर्न आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले तराईको लाईफ लाईनको रुपमा रहेको चुरेको संरक्षणमा स्थानीयवासीलाई साथमा लिएर तीन तहको सरकारको पहलमा तत्काल अभियान अघि बढाउनुपर्ने बताए।

बाढी, पहिरो, आगलागीजस्ता प्रकोप नियन्त्रणका लागि स्थानीय तहलाई अग्रसर भएर लागि पर्न मन्त्री यादवले आग्रह गरे। विपत अघि एक लाख लगानी गरे सात लाखको बचत हुने भन्दै मन्त्री यादवले विपत न्यूनिकरणका लागि सुरक्षाकर्मीलाई स्रोत साधन सम्पन्न बनाउनुपर्ने बताए ।

मन्त्री यादवले प्रदेशका आठवटै जिल्लामा यसैगरी सबै पक्षसँग अन्तक्र्रिया गरी जोखिम न्यूनिकरणको रणनीति तय गरिने जानकारी दिए । सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित अन्तक्र्रियामा जिल्लाका सुरक्षा प्रमुख, स्थानीय तहका प्रमुख, विपतको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक अगुवालगायतको उपस्थिति रहेको थियो ।



बुधबार ०८, असोज २०७६ १०:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal