राष्ट्रकवि घिमिरेले १०१ औं जन्मजयन्ती मनाउँदै

Yugnepal     605 पटक पढिएको    

राष्ट्रकवि घिमिरेले १०१ औं जन्मजयन्ती मनाउँदै

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्षका भएका छन् । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेले मंगलबार १०१ औं जन्मजयन्ती मनाइरहेका हुन् । 

विभिन्न साहित्यिक समूहहरुले उनको जन्मदिनमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।      
     
प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन् । “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गरेको ट्वीटमा उल्लेख छ । 

घिमिरेको सिर्जना क्षमता अझै जारी छ । हाल उनले ‘ऋतम्भरा’ महाकाव्य सिर्जना गरिरहेका छन् । 



मङ्गलबार ०७, असोज २०७६ ११:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.