कठिन उपवास बसेकी ७१ वर्षीया वृद्धाको मृत्यु

Yugnepal     1099 पटक पढिएको    

कठिन उपवास बसेकी ७१ वर्षीया वृद्धाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए । 

यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने ९टुट्ने० मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको शरीरले भोको पेट थेग्न नसक्दा मृत्यु भएको वडाध्यक्ष रायले बताए । 
    
 शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी ती वृद्धाले आइतबारसम्म बस्न सकिनन् भने उनलाई खानेकुरा वा पानी पनि खानभन्दा खान नमानेपछि उनको उपवास बसेकै अवस्थामा मृत्यु भएको हो ।   
  
यस वर्षको जितिया पर्वमा शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार दिउँसो ३ बजे ९पारन० अन्न जल खाने कार्यक्रम रहेको थियो ।     

 मृतक वृद्धाको दुई छोरा रहेकोमा एउटा छोरा रोजगारीको क्रममा नेपालमै भैरहवा बस्दै गरेको र अर्को भारतको राजधानी दिल्ली बस्दै गरेको आइतबार उनीहरु घर आउन सकेनन् भने सोमबार उनीहरु आउनासाथ उनको अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । 

तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिएको छ तर जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको सर्वसाधारण बताउँछन् ।     



सोमबार ०६, असोज २०७६ ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal