पूर्वसांसद दाहालको निधन, पार्टी कार्यालयबाट आर्यघाट लगिदै

Yugnepal     1050 पटक पढिएको    

पूर्वसांसद दाहालको निधन, पार्टी कार्यालयबाट आर्यघाट लगिदै

काठमाडौं ।  पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत माक्र्सवादी लेनिनवादी०को प्रतिनिधित्व गर्दै उनि सांसद निर्वाचित भएका थिए ।

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित भएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए।

 पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ । पार्टी महासचिव विष्णु   पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरे । दिउँसो १ बजेपछि पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।



शुक्रबार ०३, असोज २०७६ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal