निधिद्धारा कम्युनिष्ट सरकारलाई ‘बेइमान’ को उपमा

Yugnepal     630 पटक पढिएको    

निधिद्धारा कम्युनिष्ट सरकारलाई ‘बेइमान’ को उपमा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई बेइमानको संज्ञा दिएका छन् । 

संविधान दिवसको शुभकामना दिँदै नेता निधिले संविधान र संघीयताप्रति यो कम्युनिष्ट सरकार इमानदार नभएको बताएका हुन् । 

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन, संहिता र शान्तिप्रति एकजुट हुन आग्रह गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता निधिले संविधान संशोधनका लागि कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।



शुक्रबार ०३, असोज २०७६ १२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.