विशाल चौधरीलाई भारतवाट उद्धार गर्ने टोलिलाई दाङमा सम्मान

Yugnepal     1150 पटक पढिएको    

विशाल चौधरीलाई भारतवाट उद्धार गर्ने टोलिलाई दाङमा सम्मान

 दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ विजौरी निवासी एक बालकलाई भारतको हिमाचल प्रदेशवाट उद्धार गरि घर ल्याउने टिमलाई बुधबार दाङमा भब्य स्वागत सम्मान गरिएको छ । गत चैतमा १४ बर्षीय विशाल चौधरीलाई ललाई फकाई गरि तुलसीपुर ७ हलवार निवासी भिनाजु नातापर्ने काजु चौधरीले भारतको हिमाचल प्रदेशमा लगेर एक श्रम सिविरमा विक्रि गरेको पीडित बाललके बताएका छन् ।

अत्यन्तै कष्टकर जीवन व्यथित गर्दै आएका बालक विशाललाई भारत हिमाचल प्रदेशको सिमलामाबाट जोखिम मोल्दै उद्दार गरेर नेपाली पत्रकार र सामाजिक अभियान्ताको टोलिले मगलबार मात्रै परिवार र स्थानीय सरकारको जिम्मा लगाएका थियो ।

 कञ्चनपुुरका पत्रकार दिपेन्द्र बस्नेत,जुम्ला जिल्लामा घर भई हाल ललितपुरमा बस्दै आएका उद्दारमा प्रमुख भुमिका खेल्ने  प्रतिक विष्ट (अमर) र प्रेस युनियन कैलालीका का अध्यक्ष श्रवन देउवा लगायतको टिमलाई रिपोर्टस क्लब दाङले एक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको हो ।

सो अबसरमा बोल्दै बिशाल चौधरिको उद्दारमा प्रमुख भुमिकामा रहेका प्रतिक बिष्टले धेरै मेहनत र समन्वय पछि बिशालले काम गरिरहेको स्थानमा पुग्न सफल भएको बताए ।

उनले भने मैले भारतमा बेचिएका ३५ जना बालबालिका र महिलाहरुको समेत उद्दार गरेर घर फर्काएको छु तर सबैभन्दा जोखिम मोलेर नेपाल ल्याएको यो पहिलो घटनाहो  । उनले बालबालिकालाई ललाई फुलाई भारत लग्ने र विभिन्न श्रम शिबरि तथा कोठिहरुमा पुर्याउने  नेपालमा ठुलो गिरोह सक्रिय रहेको भन्दै सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् ।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले यति ठुलो मानबिय सेवाको समाजले कुनैपनि मूल्य तिर्न नसक्ने भन्दै सबैलाई धन्यवाद दिए। उनले समाजमा हुने गलत क्रियाकलापका बिरुद्धमा सबै एक भएर लाग्नुपर्ने समेत बताए।

हरेक अभिभावकले आफ्ना छोराछोरि र छरछिमेकमा रहेका परिवारको सुरक्षामा समेत उचित हेरबिचार गर्नुपर्नेमा जोड दिदै भने समाजको सुरक्षाप्रति पनि स्थानीय प्रहरी प्रशासन चनाखो भएर लाग्नुपर्छ ।



बुधबार ०१, असोज २०७६ ०१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal