नेविसंघका अध्यक्ष महरसहित ६ विद्यार्थी नेता पक्राउ

६ विद्यार्थी नेता पक्राउ

Yugnepal     558 पटक पढिएको    

नेविसंघका अध्यक्ष महरसहित ६ विद्यार्थी नेता पक्राउ

नेविसंघका अध्यक्ष महरसहित ६ विद्यार्थी नेता पक्राउ
 माघ २२ मंगलबार

काठमाडौं । नेपाल विद्यार्थी संघ९नेविसंघ० का अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । मंगलबार नेबिसघंका अध्यक्षसहित ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो । 

नेविसंघ पोखराका कार्यकर्तालाई प्रहरी प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महर, उपसभापति नवीन राईलगायत ६ जनालाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।

गत शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए। सरकारी गाडी जलाउन संलग्न रहेको भन्दै नेविसंघका पाँच जना पक्राउ परेका छन्। उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्दा महर पक्राउ परेका हुन्।

नेविसंघले मुलुकमा बढ्दै गएको हत्या, हिन्सा, बलात्कार, भ्रष्टाचार, महं‌गी रोक्न वर्तमान सरकार असक्षम भएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्दै आएको छ ।



मङ्गलबार २२, माघ २०७५ ०२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.