विजय गच्छेदारले आफैलाई किन भने वदनाम ?

Yugnepal     646 पटक पढिएको    

विजय गच्छेदारले आफैलाई किन भने वदनाम ?

काठमाडौं। आफूसँग असहमत तथा विरोधीहरुलाई वदनाम गराउन अर्को पक्ष हात धोएर लागिपर्छ। राजनीतिमा त त्यो झन धेरै हुन्छ। तर कोहि राजनीतिज्ञ आफै वदनाम भएको स्विकार्छ र त्यसलाई सार्वजनिक रुपमा घोषणा गर्छ भने त्यसको प्रतिक्रिया पनि ठूलै उठ्छ। 

कांग्रेसका उपसभापति विजय गच्छेदारले बिहिवार नेपाल निजामती कर्मचारी युनियन संघको कार्यक्रममा आफ्नो वदनामीको कारण खोले। 

गच्छदारले म वदनाम छु भन्दा धेरैले मुखामुख गरे। उनले कारण खोतल्दै भने, ु म लामो बोल्न बदनाम छु। पार्टी भित्र मात्र होइन बाहिर पनि बदनाम छु।ु 

आफूले जहिले पनि लामो समय लिएर मन्तव्य राख्ने कारणले वद्नाम भएको उल्लेख गर्दै आजको कार्यक्रममा हतारोमा हिड्नु पर्ने कारणले आफ्नो जीवनकै छोटो मन्तव्य राख्ने घोषणा गरे। चार पाँच मिनेट बोलेर रेकर्ड राख्छु भनेका गच्छेदारले तर यताउती गर्दा १७ मिनेट बोल्न भ्याए। नानीदेखि लागेको वानी उनले छोड्न सकेनन्। 

उनले एक प्रसङगमा सभापति शेर बहादुर देउवा ४ पटक प्रधानमन्त्री बनेको तर बरिष्ठ नेता रामचन्द्र पौडेल र आफ्नो प्रधानमन्त्री बन्ने सपना अहिलेसम्म अधुरै रहेको बताए। 

नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवस संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले ट्रेड युनियन अधिकार दिलाउने कांग्रेसलाई बचाउने जिम्मा लिन पनि आग्रह गरे। श्रमिकको सरकार भन्ने नेकपाको सरकारले पहिलो आक्रमण नै ट्रेड युनियन माथि गरेकोमा पोखरेलले बिरोध जनाए। 

आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष पूण्य प्रसाद ढकालले केपी ओली मात्र हैन जुनसुकै जात थरको प्रधानमन्त्री भएपनि ट्रेड युनियन अधिकार खोस्न नसक्ने ठोकुवा गरे। 

कार्यक्रममा युनियनले निकालेको कर्मचारी बार्षिक प्रकाशनको विमोचन कांग्रेस सभापति शेर बहादुर देउवाले गरेका थिए।

कार्यक्रममा पूर्व मुख्यसचिव भोजराज घिमिरे, सोमलाल सुवेदी, पूर्व सचिव तथा सहसचिवहरु गणेशराज कार्की, मधु प्रसाद रेग्मी, लक्ष्मीविलास कोइराला लगायत एक सय जना सेवा निवृत कर्मचारीहरुलाई सम्मान गरिएको थियो।



शुक्रबार २०, भदौ २०७६ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.