देश विकास र समृद्धको जिम्मा अव युवा पुस्तामा स् देवेन्द्र पौडेल

Yugnepal     689 पटक पढिएको    

देश विकास र समृद्धको जिम्मा अव युवा पुस्तामा स् देवेन्द्र पौडेल

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलले देशको विकास र समृद्धलाई अगाडी बढाउने जिम्मा अव युवा पुस्तामा आएको बताएका छन् ।

राष्ट्रिय  जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङले आयोजना गरेको खुल्ला तीजगित तथा नृत्य प्रतियोगितालाई सम्वोधन गदै  प्रमुख अतिथि पौडेलले यस्तो बताएका हुन  ।

 साथै बागलुङ क्षेत्र नं। २ का प्रतिनिधि सभाका सदस्य समेत रहेका माननीय देवेन्द्र पौडेलले हामी सबै नेपालीको एउटै साझा एजेण्डा भनेकै समृद्ध नेपाल सुखी नेपाली भएको बताए । अहिले सदनभित्र प्रतिपक्षले  पनि सरकारलाई विकासकै कामका बारेमा र सडक निर्माण र भष्ट्रचार लगायतमा विषयमा कुरा उठाउदा सरकार  त्यसैको समाधानमा लागेकोले बताउदै अव सबै नेपालीको साझा एजेण्डा भनेकै विकास समृद्धि र शुसासनको भएको बताए ।

साथै नेता पौडेलले गुल्मी र बागलुङ दुवै जिल्लाका समस्या एक आपसमा जुटेर समाधान तर्फ लाग्ने भन्दै देशको भावनासँगै जोडिएर जिल्ला वारी र पारी नभएर साझा विकासका निम्ति सबैलाई एक बन्न आग्रह गरे ।

नेता पौडेलले पुराना पुस्ताहरुलाई सम्मान र सल्लाह लिदै अव देश निर्माणका निम्ति युवा पुस्ताको जिम्मा भएको बताउदै देशको समस्यासँग सबै मिलेर जुध्नुपर्ने भन्दै देश विकास र समृद्धका निम्ति अव युवाको जिम्मा भएको बताए । साथै नेता पौडेलले यस क्षेत्रका सडक निर्माण लगायतका विकास निर्माणका गतिविधिहरुका निम्ति आफू लागि परेको बताए ।



बिहिबार १९, भदौ २०७६ ०३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.