पुसबाट मरेका वुवाको जनप्रतिनिधिले बुद्धभत्ता थापेको खुलासा

Yugnepal     1165 पटक पढिएको    

पुसबाट मरेका वुवाको जनप्रतिनिधिले बुद्धभत्ता थापेको खुलासा

दार्चुला । मृत्यु भइसकेका आफ्ना बाबुको नामको सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक भत्ता एक वडा–सदस्यले बुझ्ने गरेको पाइएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका १ का वडा–सदस्य वीरसिंह धामीले मृत्यु भएका आफ्ना बुवाको ज्येष्ठ नागरिक भत्ता बुझेका हुन् ।

वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीय खडकसिंह चैसिरले गलत प्रवृत्ति रोक्नुपर्ने ठाउँमा पुगेका जनप्रतिनिधि आफैंले गत पुसमा मृत्यु भएका आफ्ना बाबु शिवलाल सिंह धामीका नामबाट ज्येष्ठ नागरिक भत्ता बुझेको आरोप लगाएका हुन् ।

वीरसिंह सैनिक सेवाबाट अवकाश प्राप्त कर्मचारी पनि हुन् । उनले मृत्यु भइसकेका अन्य २ जनाको पनि ज्येष्ठ नागरिक सुरक्षा भत्ता बुझ्न लगाएको स्थानीयको आरोप छ । स्थानीय उमादेवी धामीको भत्ता पनि उनी आफैंले बुझ्छन् ।

यस्तै मानमति पन्तको भत्ता पनि दिनेशराज पन्तलाई बुझ्न लगाइएको स्थानीयकोआरोप छ । वडाध्यक्ष गौरसिंह बोहरा भने आफू बाहिर भएकाबेला भत्ता बुझेको भेटिएको बताउँछन् । बाहिर भएको अधिकांश समयमा वीरसिंह नै कार्यवाहक चलाउने गरेको बोहोराको भनाइ छ ।



बिहिबार १९, भदौ २०७६ ०२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal