राजतन्त्र समाप्त पार्न खुफिया एजेन्सीको योजनामा पुर्व प्रमको प्रयोग गरिएको नगरिएको छानबिन हुनुपर्छ

Yugnepal     671 पटक पढिएको    

राजतन्त्र समाप्त पार्न खुफिया एजेन्सीको योजनामा पुर्व प्रमको प्रयोग गरिएको नगरिएको छानबिन हुनुपर्छ

काठमाडौं ।  राप्रपा अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र अन्त्यका लागि बिदेशी खुफिया एजेन्सीको योजना बमोजिम मुलुकको पुर्व प्रधानमन्त्री र भबिष्यमा पनि प्रधानमन्त्री हुन सक्ने सम्मानित ब्यक्तीलाई प्रयोग गरिएको भन्ने बिषय राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भबिष्यको सन्दर्भमा अन्त्यन्त गम्भीर र संबेदनशील भएको बताएका छन् । थापाले सो सम्बन्धमा संसदले छानबिन समिती गठन गर्नुपर्ने बताएका छन् ।

बिहिबार भरतपुर बिमानस्थलमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने,ुगणतन्त्र , धर्म निरपेक्षता र संघीयता लाद्नको निमित्त बाह्य शक्तिको अभिप्रेरणा र भुमिका बारम्बार  पुष्टि हुदै आईरहेकोमा अहिले नयाँ ढंगबाट  अत्यन्त गम्भीर र संबेदनसिल बिषय आएको छ । राजनीतिक दल र नेताहरु प्रयोग गरेको बिषय साधारण बिषय होइन, यसबारे अब निराकरण हुनुपर्छ ।ु

ुजसरी अमेरिकी राष्ट्रपति निर्बाचनमा रुसको भुमिका रहेको भन्ने बारे अहिले त्यहाँको संसदले छानबिन गरिरहेको छ , यहाँ पनि छानबिन समिती निर्माण गर्नुपर्दछु( थापाले भने ।

अध्यक्ष थापाले गाईको बिषय अत्यन्तै संबेदनसिल बिषय हो भन्दै यसबारे अबिलम्ब छानबिन गरि दोषीलाई कार्बाही गर्नुपर्छ भनेर पहिलो आवाज उठाउने राप्रपा हो,सरकारले तदारुकताका साथ समिती गठन गरेकोमा खुशी छौ भने ।

उनले थपे,ुनेपालगन्ज उपमहानगरले पनि समिति गठन गरेको छ, १५ दिनमा प्रतिबेदन आएपछि के गर्नुपर्छ हामी निर्णय गर्छौ । नेपालगन्जका मेयर डाक्टर धवल शमशेर राणासङ्ग यस बारेमा जानकारी लिएको र उनकै उपस्थितिमा पदाधिकारी बैठक बसि छानबिन गर्न बैठकले आग्रह गरेको समेत गरिएको छ ।ु

प्रदेश (३ को राजधानी तोक्न ढिला भैसकेको भन्दै थापाले आफ्नो गृहनगर भएर हेटौंडाको निर्णय गरेको नभई सबै दृष्टिकोणबाट उत्तम भएकोले हेटौंडा नै राजधानी हुनुपर्ने बताए । जनताले सकारात्मक परिबर्तको अनुभुती गर्न नसकेको त्रुटि कमजोरी सच्याउन सरकारले पहलकदमी नलिएकोमा थापाको आक्रोश थियो ।

बेरोजगारी, भ्रस्टाचार र धर्मपरिबर्तन र करछली प्रती सरकारको उदाशिनताप्रती थापाले तिब्र रोष प्रकट गरे । आगामी दिनमा हिन्दुराष्ट्रको अभियानको निमित्त पार्टीले शसक्त अभियान संचालन गर्ने समेत थापाले बताए । भेटघाटमा पार्टीका वरिष्ठ नेता दिपक बोहरा सहायक महामन्त्री राजाराम बर्तौला, बिन्दु पहाडी, केन्द्रिय सदस्य बलराम थापा, सुरज न्यौपाने, चितवन अध्यक्ष दिलिप पाण्डे  लगायतको उपस्थिति थियो ।



बिहिबार १९, भदौ २०७६ ०२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.