मुखमा मास्क लगाएका हतियारधारीले बाबु छोराको गरे हत्या

Yugnepal     640 पटक पढिएको    

मुखमा मास्क लगाएका हतियारधारीले बाबु छोराको गरे हत्या

स्याङ्जा ।  हरिनास गाँउपालिका ३ ललहीमा धारिलो हतियार प्रयोग गरि बाबु छोराको हत्या भएको छ । स्याङ्जाको साविक मग्याम चिसापानीका बर्ष ३० का चित्रबहादुर खड्का र उनका ४ बर्षिय छोरा रिजन खड्काको हत्या भएको हो ।

विहानपख ४ बजे तिर मुखमा मास्क लगाएर आएका हतियार धारीले हत्या गरेको खड्काकी श्रमितिले बताएकी छन् । अहिले स्याङ्जाका प्रहरी प्रमुख नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । यसबारे पूर्ण विवरण भने आउन बाँकी छ ।

एउटै कोठामा फरक फरक खाटमा सुतेका श्रीमान श्रीमतिमा बाबु छोरा एउटा खाटमा र श्रीमति अर्को खाटमा सुतेका बेला घट्ना भएको बताइएको छ ।

हतियारले हानी रहेको देखेपछि खड्काकी श्रीमति चिच्चाएपछि स्थानीयले प्रहरीलाई खवर गरेको बताइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मङ्गलबार १७, भदौ २०७६ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.