तीजको रात खुर्पाले हानेर श्रीमतीको हत्या

Yugnepal     615 पटक पढिएको    

तीजको रात खुर्पाले हानेर श्रीमतीको हत्या

रुकुम पश्चिम । खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
     
अत्यधिक मदिरा सेवन गरी सोमबार तीजको राति ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई मंगलबार बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
     
उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।    



मङ्गलबार १७, भदौ २०७६ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.