कैलाली क्यानमा धामीको अध्यक्षतमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन

युग संवाददाता     692 पटक पढिएको    

कैलाली क्यानमा धामीको अध्यक्षतमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन

धनगढी, १४ भदौ  कम्प्युटर एसोसिएसन अफ नेपाल  क्यान कैलाली को अध्यक्षमा नरेश धामी चयन भएका छन् ।
क्यानको सातौ अधिवेशनबाट धामीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सिपि शर्मा, सचिवमा यज्ञराज ओझा, कोषाध्यक्षमा प्रकाश देउवा, सह–सचिवमा नविन चौधरी चयन भएका हुन्् ।
सदस्यहरुमा नरेन्द्रराज अवस्थी, रामप्रसाद चौधरी, रेखा चौधरी, जनक चौधरी, मिलन बटाला र रामजनम चौधरी रहेका छन् ।
यस अघि एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले अधिवेशनको उद्घाटन गरेका थिए । उत्त अवसरमा नगर प्रमुख वडले उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन जोड दिए ।
‘उपमहानगरपालिकाले प्रदान गर्ने हरेक सेवालाई प्रविधिभित्र लग्ने प्रयास जारी छ’ मेयर वडले भने । ‘धनगढीलाई स्मार्ट सिटी बनाउन विज्ञान तथा प्रविधिको विकास गर्नुपर्छ ।’
उनले प्रविधिबिना मानिस एक मिनेट पनि बस्न सक्ने अवस्था नरहेको औल्यादैँ यसलाई व्यवस्थीत गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले उपमहानगरपालिकाले कर, राजश्व, खानेपानी, विद्युत, टेलिफोन लगायत सम्पूर्ण सेवाहरु छिट्टै घरबाटै बसेर तिर्नसक्ने बनाइने बताए । क्यान कैलालीका अध्यक्ष विरेन्द्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्यान केन्द्रीय सदस्य हर्कबहादुर सेठ्ठी, प्रदेश सदस्य मनोहर श्रेष्ठ, क्यान कञ्चनपुर अध्यक्ष लक्ष्मीराज पन्त, कैलाली उद्योग वाणिज्य महासंघ महासचिव ओम विष्ट, लायन्स क्लव अफ धनगढी टाउनका अध्यक्ष कृष्ण बोहरा लगायतले मन्तव्य व्यक्त गरेका हुन । क्यान कैलालीका उपाध्यक्ष नरेन्द्र धामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव यज्ञराज ओझाले गरेका हुन् ।



शनिबार १४, भदौ २०७६ ०९:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.