चार दिनदेखि बच्चा जन्माउन नसकेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

Yugnepal     586 पटक पढिएको    

चार दिनदेखि बच्चा जन्माउन नसकेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई  हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् ।

बुढालाई जिल्ला अस्पताल पुर्‍याएसँगै त्यहाँका चिकित्सक  सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्‍याएको जेष्ठ अनमी बोहराले जानकारी दिइन्।

अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ थियो ।



मङ्गलबार २८, साउन २०७६ ०३:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.