विषालु सर्पले टोकेर सुकमायाको ज्यान लियो

Yugnepal     596 पटक पढिएको    

विषालु सर्पले टोकेर सुकमायाको ज्यान लियो

बुटवल । रुपन्देहीको सैनामैनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । 

वडा न।१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए । 

सोमबार विहान दाँत माँझ्दै घरको छेउँमा हिँडेकी सुकमायालाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डसेको हो ।

गम्भीर घाइते अवस्थामा रहेकी उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका लागि पठाउँदा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । 

अधिक गर्मी बढेसंगै सैनामैना लगायत अन्य ठाउँमा विषालु सर्पको बिगविबगी हुन थालेको छ ।



मङ्गलबार २८, साउन २०७६ ११:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.