मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी

Yugnepal     922 पटक पढिएको    

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज भित्र रहेको  ट्रान्सप्लान्ट सेन्टरको छेठौं‌ तल्लामा आगलागी भएको हो ।

सो तलामा अस्पताल प्रसाशन कार्यलय रहेको थियो ।  

आगलागीसँगै अस्पतालमा दमकलले आगो निभाउने काम गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

आगालागीमा मानविय क्षति भएको छैन। छैठौं तलमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रसाशनले जनाएको छ । विरामीलाई कुनै समस्या नपरेपनि आगो नियन्त्रणमा लिने काम भइरहेको छ ।

विद्युतिय सट सर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।  



मङ्गलबार २८, साउन २०७६ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.