राप्रपाले तेस्रो चरणको स्वाभिमान यात्रा गर्ने

Yugnepal     906 पटक पढिएको    

राप्रपाले तेस्रो चरणको स्वाभिमान यात्रा गर्ने

काठमाण्डौ । राष्टिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका जिल्लाहरुमा क्रमशः स्वाभिमान यात्रा संचालन गर्ने भएको छ । यस क्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र २३ गते बाट यात्रा शुरु गरिने निर्णय भएको छ ।

 आज राप्रपा प्रदेश नं। ३ का अध्यक्ष विक्रम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २३ गते सिन्धुलीबाट यात्रा शुभारम्भ गरी २५ गते काभ्रेपलाञ्चोकमा समापन गर्ने प्रारम्भिक तालिका तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस अघि पहिलो चरणमा मेची–महाकाली, दोश्रो चरणमा मुक्तिनाथ देखि गोरखनाथ सम्म यात्रा सम्पन्न भईसकेको छ भने अहिले तेस्रो चरणको यात्राको तयारी गरिएको छ । तेस्रो चरणको यात्रा पछि बाँकी जिल्लाहरुको यात्रा दशैं र तिहारको विचमा हुने पार्टीका प्रवक्ता सुशील श्रेष्ठले बताए ।

बैठकको निर्णय र यात्रा तालिका बारे पार्टी अध्यक्ष कमल थापालाई आजै जानकारी गराईएको र थापाले यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन चुस्त ढंगले कार्य अगाढी बढाउन निर्देशन दिएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए । बैठकमा यात्रा संचालन हुने जिल्लाका केन्द्रीय पदाधिकारी, सदस्य एवं प्रदेश साँसद रिता माझीको उपस्थिति रहेको थियो ।



सोमबार २७, साउन २०७६ ०१:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal